INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजाय फैसला

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले ०८० असार २७ गते माडी नगरपालिका-९, गणेशकुञ्जका २३ वर्षीय सुरेश वोटेलाई तीन वर्ष ६ महिना कैद सजाय, १ लाख ५० हजार रुपियाँ जरिवाना र पीडितलाई २५ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।

पीडित युवतीलाई वोटेले ०७९ कात्तिक ४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १२ गते उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १२ गते भरतपुर अस्पतालमा भयो । वोटे सोही दिन गिरफ्तार भएका थिए ।

घटनामा संलग्न वोटेलाई जिल्ला अदालतले ०७९ कात्तिक २८ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

अन्य

भिडियो