INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिलिचोङ गाउँपालिका-३ का ३० वर्षीय पेम्वा तामाङलाई असार २४ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई महिलालाई आरोपितले ०८० असार २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि सिलिचोङ गाउँपालिका-३ सिसुवाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २४ गते गरिएको छ ।

अन्य

भिडियो