INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुचौडी नगरपालिका–५ कुवाकोटका २० वर्षीय राकेश कुँवरलाई असार २२ गते गिरफ्तार गरेको छ ।

बालिकालाई असार १४ गते बलात्कार गरेको आरोपमा कुँवरलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर लोकराज जोशीले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले असार २२ गते दिएको उजुरीका आधारमा आरोपितलाई  गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर जोशीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २२ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।

अन्य

भिडियो