१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुचौडी नगरपालिका–५ कुवाकोटका २० वर्षीय राकेश कुँवरलाई असार २२ गते गिरफ्तार गरेको छ ।
बालिकालाई असार १४ गते बलात्कार गरेको आरोपमा कुँवरलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर लोकराज जोशीले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले असार २२ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर जोशीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २२ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।