INSEC Online

📅 २०८३ जेष्ठ २१

मोसो दलेर गरिएको दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठराई गाउँपालिका–२ खाम्लालुङकी ३२ वर्षीया महिलाले मोसो दलेर गरिएको दुर्व्यवहार घटनाका आरोपित १४ जनाविरूद्ध असार २२ गते प्रहरीमा उजुरी दिनु भएको छ ।

आफूलाई चारित्रिक आरोप लगाउँदै ५५ वर्षीया सासूसहित छिमेकीले ०८० वैशाख २१ गते मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले आरोपितहरूविरूद्ध असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिञ्चो भोटले पीडिले सासू आमासहित १४ जनाविरूद्ध प्रहरीमा उजुरी दिएको बताउनु भयो ।

पीडितले ०७८ सालमा पतिको मृत्युको भएको र त्यसयता आफूलाई चारित्रिक आरोप लगाउँदै मोसो दलेर दुर्व्यवहार गर्ने आठराई गाउँपालिका–२ खाम्लालुङका २६ वर्षीय सुव्रत इस्पो, २७ वर्षीय लोकबहादुर इस्पो, २५ वर्षीय विपिन इस्पो, २२ वर्षीय इसाक इस्पो, २० वर्षीय प्रकाश इस्पो, २५ वर्षीय टिकाराम लिम्बू, २८ वर्षीय राजकुमार लिम्बू, २७ वर्षीय लक्ष्मण लिम्बू, २६ वर्षीया सङ्गीता लिम्बू, २४ वर्षीया विमला लिम्बू, २५ वर्षीया सारना पताङ्वा, ४५ वर्षीय जयराज इस्पो र २५ वर्षीय मनोज लिम्बूविरूद्ध उजुरी दिनु भएको छ ।

पीडित पक्षको उजुरीका आधारमा घटनाको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

अन्य

भिडियो