माइजोगमाइ गाउँपालिका–२ टारसिंहकी ५२ वर्षीया राधिका खतिवडालाई खुकुरी प्रहार गरी हत्या गरेर ५५ वर्षीय पति पिताम्वर खतिवडाले असार २१ गते आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
अंशसम्बन्धी विवादका क्रममा पिताम्वरले पत्नीलाई ०८० असार २१ गते राति खुकुरी प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरी चौकी गोर्खेका असइ मदन बस्नेतले बताउनु भयो ।
घटनास्थलको प्रकृति हेर्दा हत्यापछि लासलाई घरनजिकैको रुखमा झुण्ड्याएर पिताम्वरले झुण्डिएर आत्महत्या गरेको जस्तो देखिएको घटनास्थल पुग्नु भएका असइ बस्नेतले बताउनु भयो ।
घटनाका बारेमा जानकारी प्राप्त भएको र अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय, पशुपतिनगरका इन्स्पेक्टर सन्तोष राईले बताउनु भयो ।
घटनाको मुचुल्का प्रतिवेदनपछि शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असार २२ गते गरिने भएको छ ।