INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाँउपालिका–१ शान्तिपुर कटहरेका ३० वर्षीय अमृतबहादुर  राईलाई असार १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० वैशाखमा पटकपटक र अन्तिम पटक वैशाख १९ गते बलात्कार  गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजबहादुर दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १९ गते गरिएको छ ।

अन्य

भिडियो