INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरापालिका–५, नयाँ बसपार्क घर भई हाल हरिपुर नगरपालिका–२ मा डेरा लिई बस्दै आएका ३५ वर्षीय मोहन स्वर्णकारविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय हरिपुरमा असार १९ गते उजुरी दिनु भयो ।

आरोपित हरिपुर नगरपालिका–२ स्थित ग्रामिण उत्थान संघमा कार्यरत छन् । आरोपितले पीडितलाई ०७९ साउन ४ गते देखि पटक पटक बलात्कार प्रयास गरेको र ०७९ मङ्सिर १४ गते बलात्कार गरेको पीडित महिलाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको छ । घटना पछि आरोपित स्वर्णकार फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर विजय कुवरले जानकारी दिनु भयो ।

अन्य

भिडियो