२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा –४ का २७ वर्षीय रियाद दर्जीलाई असार १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै पीडितले असार १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।