INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य विमामा नागरिकको पहुँच पुग्न सकेन, लुम्बिनी प्रदेशमा ४१ लाख भन्दा बढी स्वास्थ्य विमाको पहुँच बाहिर

लुम्बिनी प्रदेशमा स्वास्थ्य विमामा नागरिकको पहुँच पुग्न सकेको छैन अझै पनि प्रदेशमा ४१ लाख भन्दा बढी नागरिक स्वास्थ्य विमाको पहुँच बाहिर रहेका छन् ।

नेपाल सरकार स्वाथ्य विमा बोर्डले लागु गरेको विमा कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा १० लाख बढी आवद्ध भएर सेवा लिएको भएपनि अझै ४१ लाख बढी नागरिकहरु स्वास्थ्य विमाको पहुँच बाहिर रहेका छन् ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिले स्वाथ्य विमा कार्यक्रम लागू भएको छ । जस अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा सबै भन्दा बढी वर्ष १ लाख २६ हजार ३ सय २ जना बिरामीहरूले स्वाथ्य विमा बापत सेवा लिएका छन् ।

स्वाथ्य विमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक साउदका अनुसार विमा गराउने महिलाको संख्या ५ लाख २६ हजार ७ सय ३३ जना र पुरुषको संख्या ४ लाख ६ हजार १ सय ५२ जना रहेका छन् । अन्य लिंङ्ग १ सय १३ जनाले प्रदेशभरमा स्वाथ्य विमा गराएका छन् । लुम्बिनी प्रदेशमा कुल १० लाख १५ हजार ८ सय ६५ जनाले स्वाथ्य विमा मार्फत सेवा लिएका छन् भने अझै ४१ लाख ६ हजार २ सय १३ जना स्वास्थ्य विमाको पहुँच बाहिर रहेका छन् ।

प्रदेशमा सबैभन्दा बढि रुपन्देही जिल्लामा १ लाख ४० हजार ९५ जना रहेका छन भने सबैभन्दा कम रुकुम पुर्वमा रहेका छन् । जसमा जम्मा ७ हजार ७ सय ८५ जनाले मात्रै स्वाथ्य विमा गराएका छन्  । स्वास्थ्य विमा नियमवाली –२०७५ अनुसार ६ प्रकारका व्याक्तिहरुलाई निःशुल्क स्वाथ्य विमा गरेको छ ।

पूर्णरुपमा निःशुल्क विमा हुनेहरूमा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, रातोकार्ड अंकित अपाङ्गता भएका (क) बर्गका व्यक्तिहरू, एमडिआर टीबी भएका व्यक्ति र परिवार, एचआईभी संक्रमित र परिवारका सदस्य, कुष्टरोग प्रभावित परिवार, अति गरिबीको परिचय पत्र भएका व्यक्तिहरू, निशुल्क र महिला सामुदायिक स्वाथ्य स्वमसेविकाहरूको लागि ५० प्रतिशत विमा शुल्क मिनाहा गरिएको छ ।

प्रदेशका सरकारी, सामुदायिक स्वाथ्य संस्थाका साथै दुई वटा  नीजि अस्पतालमा समेत स्वाथ्य विमा कार्यक्रम लागु गरिएको छ । भैरहवामा रहेको युनिर्भसल मेडिकल कलेज र देवदहमा रहेको देवदह मेडिकल कलेज तथा रिसर्च सेन्टरमा स्वाथ्य विमा लागु गरिएको छ ।

स्वाथ्य विमा एक वर्षकोलागि हुन्छ । जसमा पाँच जनाको परिवार बरावर एक वर्षमा ३ हजार ५ सय रूपियाँ तिरेर विमा गर्न सकिन्छ । पाँच जना भन्दा बढी व्यक्ति भएमा थप ७०० रूपियाँ तिरेर अन्य सदस्यको पनि विमा गराउन सकिन्छ ।

संयोजक साउदले २०३० सम्म सबै नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुर्याउने दीगो विकास लक्ष्यलाई हासिल गर्ने गरी अगाडि बढेको बताउनु भयो ।

अन्य

भिडियो