INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि भएको दुर्व्यवहारको महासङ्घद्वारा भत्सर्ना

त्रियुगा नपा-११ का २५ वर्षीय पत्रकार देवराज राईमाथि जिल्ला प्रहरी कार्यालय बोक्सेका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहले दुर्व्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घ उदयपुरले असार ८ गते एक प्रेस विज्ञप्तिमार्फत भत्सर्ना गरेको छ ।

नेकपा माओवादी केन्द्र उदयपुरले असार ७ गते निर्वाचनलाई लक्षित गरी गाईघाटमा आयोजना गरेको चुनावी सभाको समाचार सङ्कलन गर्न पुगेका महासङ्घका साधारण सदस्य तथा त्रियुगा एक्सप्रेस दैनिकका कार्यकारी सम्पादक राईमाथि इन्स्पेक्टरले गालीगलौज गर्दै दुर्व्यवहार गरेका थिए ।

‘पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्दै गर्दा चुनावी सभाको फोटो खिच्नका लागि अगाडि बढ्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सुरक्षार्थ खटिएका साहले गरेको दुर्व्यवहार खेदजनक छ ।’-महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा घटनाको यथार्थ छानबिन गरी पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरी इन्स्पेक्टरलाई आवश्यक कारबाही गर्नसमेत विज्ञप्तिमार्फत माग गरिएको छ ।

अन्य

भिडियो