१९ वर्षीया युवतीलाई जेठ २८ गते सामूहिक बलात्कार घटनाका फारार आरोपित औरही गाउँपालिका-२ का २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादवलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेको छ ।
एसपी राजकुमार लम्सालले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गौशालामा पीडितले जेठ २८ गते दिएको उजुरीको आधारमा आरोपित औरही गाउँपालिका-२ का २२ वर्षीय सुनिल साहलाई सोही दिन गिरफ्तार गरी हिरासतमा राखी अनुसन्धान गर्ने क्रममा उनको बयानको आधारमा फरार अन्य तीन जनालाई असार ८ गते गिरफ्तार गरीएको हो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण र उपचार जेठ २८ गते जनकपुर अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।