१६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा पालुङटार नगरपालिका–२ का २६ वर्षीय टेक वहादुर रानालाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार १३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
असार १५ गते आरोपित विरूद्ध जिल्ला अदालत गोरखामा जवरजस्ती करणी बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १४ गते गोरखा अस्पतालमा गरिएको थियो ।