तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई असार ५ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ५ गते खेल्दै गरेको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले असार ५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर इश्वर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।