१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका-४ का २४ वर्षीय शिवराम भण्डारीलाई प्रहरीले ०८० असार १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ९ गते आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १० गते धादिङ अस्पतालमा भयो ।
आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि न्यायिक हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।