३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा –१० मैलावारका ३५ वर्षीय रामनारायण चौधरीलाई ०८० असार ९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७९ फागुन २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले असार ७ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिनु भएको थियो ।
पीडित परिवारका अनुसार आरोपितले बलात्कार प्रयास गरेको र कसैलाई धम्की दिएका कारण ढिला उजुरी दिएका हुन् ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ५ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।
यसैगरी, २४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका –७ स्थायी घरभई सिद्धार्थनगर नपा –१ वेलहियामा बस्ने २७ वर्षीय राजकुमार साहनी कुर्मीलाई असार ७ गते वेलहियाबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ५ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।