INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कक्षा १० मा अध्ययनरत १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयका प्रशासन प्रमुख घोराही उप–मनपा–१५ का ३० वर्षीय मिनेश श्रेष्ठलाई ०८० असार ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले असार ४ गते आफ्नो कोठा र विद्यालय छेउमा बोलाएर धम्की र प्रलोभन देखाएर  यौन दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले असार ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

यसअघि, पीडितले असार ६ गते विद्यालय प्रशासन प्रमुखले आफूमाथि दुर्व्यवहार गरेको र आफूमात्र नभइँ अन्य छात्राहरूमाथिसमेत यौनजन्य दुर्व्यवहार भएको उल्लेख गर्दै आफ्नो फेसबुक पेजमा स्टाटस् राखेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आरोपितमाथि कारबाहीको माग गर्दै असार ७ गते घोराहीमा प्रदर्शनसमेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी राजन गौतमले पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ८ गते  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको थियो ।

अन्य

भिडियो