थुलुङ दूधकोशी गाउँपालिका–४ मा बाटो खन्ने क्रममा राखिएको स्काभेटरमा अज्ञात पक्षले असार ६ गते आगजनी गरेको प्रहरीले जनाएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका–२ स्थित जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारका लागि प्रयोग गर्दे आएको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।
थुलुङ दूधकोशी गाउँपालिका–४ को बादेदेखि छिक्ली जाने सडक खन्ने क्रममा पार्किङ गरी राखेको खामपाचे शेर्पा निर्माण सेवाको बा.२ क ४७७८ नम्बरको स्काभेटरमा अज्ञात पक्षले ०८० असार ६ गते आगजनी गरेको प्रहरीको भनाइ छ ।
आगजनीबाट स्काभेटरको अगाडिको क्याविनको भाग र इलेक्ट्रोनिक भाग जलेर नष्ट हुँदा ४० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।
