त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको घटनाका आरोपितहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौँ अगाडि असार ५ गते प्रदर्शन गरिएको छ ।

बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा अधिकारकर्मी र पीडित चलाउने स्वयम् पनि सहभागी हुनु भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौँ’, ‘न्याय हराए कहाँ जाने ?’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
मन्त्रिपरिषदको बैठकले गत जेठ ३० गते नेविसङ्घका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाविरूद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि ०७७ असोज २० गते आरोपितहरूले आक्रमण गरेको आरोपमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा चलिरहेको छ ।
