INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी नामाकरणमा विरोध : आन्दोलनरत पक्षसँग वार्ताको सुरूआत

कोशी प्रदेश नामाकरणमा विरोध जनाउँदै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिसँग कोशी प्रदेश सरकारले असार ४ गते वार्ताको सुरूआत गरेको छ ।

नामाकरणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग कोशी प्रदेश सरकारले सुरुआत गरेको वार्तामा सहभागीहरु
नामाकरणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग कोशी प्रदेश सरकारले सुरुआत गरेको वार्तामा सहभागीहरु ।

प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले ०८० जेठ १६ गते प्रेस विज्ञप्ति जारी गरी वार्ताका लागि आन्दोलनरत पक्षलाई आह्वान गरेपश्चात असार ४ गते पहिलो वार्ता प्रदेश राजधानी विराटनगरस्थित विग होटलमा सुरूआत भएको छ ।

वार्तामा पहिचानपक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरूम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु सहभागी हुनु भएको छ ।

कोशी प्रदेश सरकार पक्षबाट सिञ्चाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी हुनु भएको छ ।

तत्कालीन प्रदेश न. १ को प्रदेशसभाको दुई तिहाइ मतले ०७९ फागुन १७ गते प्रदेशको नाम कोशी नामाकरण गरेपछि पहिचानवादीहरूले आन्दोलन गर्दै आएका थिए ।

कोशी नाम खारेज गरी पहिचानका आधारमा लिम्बूवान वा किराँत नामाकरण हुनुपर्ने पहिचानवादीको माग छ ।

अन्य

भिडियो