कचनकवलका गाउँपालिका–३ का ४२ वर्षीय वडाध्यक्ष ग्यास अजमल मियाँलाई हातपात गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय विजय पनेरूलाई असार १ गते गिरफ्तार गरेको छ ।
जनप्रतिनिधिमाथि ०८० जेठ ३२ गते हेल्मेट प्रहार गरी नाकको डाँडी भाँचिदिएको आरोपमा पीडितले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय अनारमुनीमा, उजुरी दिएको पीडितका भतिज शोहिद मियाँले इन्सेककर्मीसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितविरूद्ध जनप्रतिनिधिले अभद्र व्यवहार शीर्षकमा प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
हेल्मेट प्रहारबाट नाकको डाँडी भाँचिएपछि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा असार १ गते अप्रेशन गरिएको पीडित पक्षले जनाएको छ ।
छोरीको उपचारका लागि जेठ ३२ गते विर्तामोडस्थित मनमोहन अस्पतालमा आएको अवस्थामा जनप्रतिनिधि सवार गाडीले आरोपितको प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकललाई छोएपछि आरोपितले हेल्मेटले प्रहार गरेको पीडित पक्षको भनाइ छ ।