१७ वर्षीया बालिकालाई बलत्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले असार ५ गते जहदा गाउँपालिका-४ का ३८ वर्षीय गोपाल मुखियालाई ५ वर्षकैद फैसला सुनाएको छ ।
न्यायाधीश फडिन्द्रप्रसाद पराजुली एकल इजलासले ५ वर्षकैद सजायसँगै पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ-५ नम्बर इजलासका नायव सुब्बा युवराज कटुवालले बताए ।
पीडित बालिकालाई ०७४ वैशाख २० गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन उजुरी दिएपछि प्रहरीले मुखियालाई गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २१ गते कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको थियो ।