३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश स्थायी घरभई सुध्द्धोधन गाउँपालिका–३ बस्ने ३५ वर्षीय सरोज खान र सोही ठाउँका ३२ वर्षीय फिरोज खानलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितद्वयले अन्तिम पटक ०७९ माघ ३० गते बलात्कार गरेको भनी पीडितले जेठ २८ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभयो ।
पीडितका अनुसार आरोपितहरूले डर त्रास देखाएर पटक पटक बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिनु भएको हो ।
उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको अस्पतालले जनायो ।
यसैगरी, १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित मर्चवारी गाउँपालिका–२ अमुवाका २२ वर्षीय अर्जुन बरहीलाई प्रहरीले जेठ २८ गते मर्चवारबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपतले ०७९ भदौ १३ गते देखि बलात्कार गरेर र पीडित गर्भवती भएको थाहा पाएपछि फरार रहेको पीडित परिवारले जानकारी दिए ।
आरोपितले अन्तिम पटक ०७९ माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय, मर्चवारका इन्स्पेक्टर दिपेश खरेलका अनुसार आरोपित भारतमा लुकीछिपी बसेकोमा भारतबाट आएर गाउँमा लुकेर बसेको सूचनाका आधारमा गिरफ्तार गरिएको हो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २२ गते भीम अस्पताल, भैरहवामा गरिएकोमा गरिएको थियो भने फागुन २९ गते २० हप्ताको गर्भ रहेको अस्पतालले पुष्टि गरेको थियो ।