INSEC Online

📅 २०८३ जेष्ठ २१

यूपिआरको तेस्रो चक्र अन्तर्गत मध्यावधि प्रतिवेदन सन्दर्भमा कार्यशाला सुरू 

यूपिआर इन्फोसँगको सहकार्यमा इन्सेकले काभ्रेको धुलिखेलमा जेठ ३१ गते विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्र अन्तर्गत मध्यावधि प्रतिवेदन सन्दर्भमा एक कार्यशालाको आयोजना गरियो ।

जेठ ३१ र ३२ गते आयोजित कार्यशालामा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव दिपकध्वज जङ्ग कार्कीले यूपिआरमा उठेका सवालमा सबै पक्ष मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

यूपिआर इन्फोकी सिनियर प्रोग्राम म्यानेजर नर्गिज अरुपोभाले अफ्रिका र एशियाका आठ ओटा देशमा काम गरिरहेको बताउँदै नेपालमा विगत वर्षहरूदेखि नै सहकार्य गर्दै आएको उल्लेख गर्नु भयो । नागरिक संस्थाहरूको सञ्जाल इन्सेकसँगको सहकार्यमा थुप्रै गतिविधि गरिएको उहाँको भनाइ छ ।

यूपिआरको रिपोर्टिङका लागि नेपालका सम्पर्क व्यक्ति कपिल अर्यालले प्रत्येक यूपीआर रिपोर्टिङका सम्बन्धमा नागरिक संस्थाहरूबिचमा चरणबद्ध रूपमा छलफल गर्दै आएको बताउनु भयो ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले नेपालमा कानुनको अभाव नभएपनि कार्यान्वयनको अवस्थामा भने निकै पछि रहेको महसुस भएको बताउनु भयो ।

photo20230614kabhre2

photo20230614kabhre (1)

photo20230614kabhre (2)

photo20230614kabhre (3)

photo20230614kabhre (4)

photo20230614kabhre (5)

photo20230614kabhre (7)

अन्य

भिडियो