INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्वोच्च अदालतद्वारा युद्ध अपराधसम्बन्धी मुद्दामा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरूद्ध कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले युद्ध अपराधसम्बन्धी परेको मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरूद्ध परेको रिटमा कारण देखाउ आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको ०८० जेठ ३० गतेको एकल इजलासले पूर्व बालसैनिक लेनिन विष्टले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै रिटलाई अग्राधिकार दिने आदेश समेत दिएको हो ।

सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको रिट निवेदन दर्ता गर्न माग गर्दै पूर्व बालसैनिक लेनिन विष्टले दिएको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जेठ २६ गतेको एकल इजलासले सुनुवाई गर्दै उक्त रिट दर्ता गर्न आदेश दिएको थियो ।

पूर्व बालसैनिक तथा बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग गरी अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको र आफू लगायतलाई सशस्त्र द्वन्द्वकालमा बालसैन्यको रूपमा भर्ती गरी जबर्जस्ती अयोग्य लडाकु घोषणा गरी शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराई लगायतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो ।

अन्य

भिडियो