INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई मोसो दलेर दुर्व्यवहार

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघमा आबद्ध  विद्यार्थीहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

विश्वविद्यालय सुधारसहितका विभिन्न माग राख्दै ०७९ पुसदेखि आन्दोलनरत विद्यार्थीहरूले ०८० जेठ २९ गते अध्यक्ष दाहाललाई मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयभित्र शैक्षिक तथा प्रशासनिक समस्या समाधानका लागि विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगले सुनुवाइ नगरेको विद्यार्थीहरूको आरोप छ ।

उपकुलपति वार्ता गर्न तयार भएपनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेपछि मोसो दलेर चेतावनी दिएको नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलले बताउनु भयो ।

६ महिनासम्म पनि सेवा आयोगका अध्यक्षले संवाद गर्न नचाहेको र विद्यार्थीले लगाएको तालासमेत फोडेर काम गरेका  कारण मोसो दलेर चेतावनी दिइएको विद्यार्थी नेता पोखरेलको भनाइ छ ।

आन्दोलनरत विद्यार्थीहरूले तालावन्दी गरेपछि विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायको कामकाज प्रभावित भएको छ ।

 

अन्य

भिडियो