४५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदनसिह धामीलाई सदरमुकाम खलंगाबाट जेठ २४ गते गिरफ्तार गरेको छ ।
०७९ माघ २० गते महिलालाई बलात्कार गरी वडाध्यक्ष फरार रहेको भन्दै पीडित पक्षले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएका थिए ।
घटनाका आरोपित फरार वडाध्यक्ष धामीको प्रहरीले जोखी कार्य गरिरहेकोमा जेठ २४ गते गिरफ्तार गरी जिल्ला अदातलबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर जगत गाहामगरले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ५ गते जिल्ला अस्पताल, दार्चुलामा गरिएको थियो ।