१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका-३ चहकाका ३० वर्षीय श्रवण श्रेष्ठलाई जेठ ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० वैशाख १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितलाई त्रियुगा नगरपालिका-६ लालपत्तामा हिँडिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १७ गते गरिएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर ज्ञानेन्द्रकुमार झाले बताउनु भएको छ ।