१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–२ घुरकौलीका २७ वर्षीय सार्की ढुङ्गानाविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा जेठ ३ गते पीडितकी आमाले उजुरी दिएकी छिन् ।
पीडित युवतीलाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको पीडितकी आमाले बताइन् ।
घटना पश्चात आरोपित ढुङ्गाना फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर शिवराम थापाले जानकारी दिनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ ४ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।