INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया छोरीलाई बलात्कार गरेको आरोपम प्रहरीले वेलवारी नगरपालिका–१ का ५५ वर्षीय बाबुलाई जेठ ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० वैशाख २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ४ गते इलाका प्रहरी कार्यालय वेलवारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा जेठ ४ गते गरिएको छ ।

अन्य

भिडियो