स्थानीय निर्वाचन बहिष्कारको नारासहित राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको चारदिने मधेस, थरूहट र लिम्बुवान बन्दको तेस्रो दिन असार १ गते सप्तरीमा बन्दको आंशिक प्रभाव परेको छ ।
पहिलो र दोस्रो दिन असार १ गते मुख्य बजारका पसलहरू समेत खुलेका छन् । बन्दले पूर्व-पश्चिम सडक र सहायक सडकहरूमा लामो तथा छोटो दूरीका दिवा सवारी साधन नचले पनि रात्री बस, माइक्रो बसहरू चलेका छन् ।
बन्द उल्लङ्घन गरेको आरोपमा सुरूङ्गा नपा-३ लक्ष्मीपुर सडकखण्डमा काठमाडौँबाट गाईघाटतर्फजाँदै गरेको ना.५ख ११७४ नम्बरको रात्री बसमा जेठ ३१ गते राजपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाएका छन् ।