शारिरीक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिलिचोङ गाउँपालिका–३ का ३० वर्षीय पेम्वा तामाङलाई जेठ १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई महिलालाई आरोपितले ०८० वैशाख ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १ गते गरिएको छ ।