पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–८ का ५० वर्षीय जनकु चौधरीलाई वैशाख ३१ गते लमहीबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले प्रलोभन देखाएर ०७९ पुस १८ गते बलात्कार गरेको र गाउँमै छलफल गरेर मिलाउने प्रयास असफल भए पछि ढिलो गरी वैशाख ३० गते पीडित पक्षले जिल्ला प्रहरी कार्याललयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनकुमार गौतमले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।