भरतपुर कारागारमा औषधि अभाव सम्बन्धी समाचार इन्सेक अनलाइनमा प्रकाशित भएपछि भरतपुर महानगरपालिका-१० मा रहेको विश्वज्योति फर्माले सिटामोल सहयोग गरेको छ ।
फर्माका सञ्चालक विज्ञान पौडेलले इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीलाई ३० स्ट्रिप सिटामोल कारागारमा दिनका लागि भनी वैशाख ३० गते सहयोग गर्नुभएको हो ।
इन्सेक प्रतिनिधिले सोही दिन औषधि कारागार प्रमुख कमल आचार्यलाई दिनुभएको थियो ।
यस कारागारमा ७ सय ५४ जना कैदीबन्दी छन् । उनीहरू मध्ये नियमित वा दैनिक औषधि खाने दुई सयको हाराहारीमा छन् ।
क्यान्सर, मृर्गौला तथा अन्य जटिल समस्या भएका बिरामी पनि छन् । उच्च हेरचाह चाहिने बिरामी थुप्रै छन् । उनीहरूको लागि यस वर्ष सरकारले दिएको १२ लाख बजेट अपुग भएको छ ।
कारागारमा रहेका बिरामी कैदीबन्दीका लागि औषधि उपचारको समस्या भएको कारागार प्रमुख कमल आचार्यले बताउनु भयो ।
प्राथमिक उपचारको लागि सिटामोल अति उपयोगी हुने भन्दै प्रमख आचार्यले इन्सेक प्रतिनिधिलाई धन्यवाद दिनुभयो ।