INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत घर भइ बेनिघाटरोराङ गाउँपालिका–७ मा बस्ने ४० वर्षीय संजिवकुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा ०८० वैशाख २८ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकाको घरमा गएर आरोपितले वैशाख १ गते यौन दुर्व्यवहार गरेपछि पीडित परिवारले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवम् इन्सपेक्टर धर्मजंग थिङले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते धादिङ अस्पतालमा भयो ।

आरोपित घटना पश्चात फरार रहेको इन्सपेक्टर थिङले बताउनु भयो ।

अन्य

भिडियो