१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका–६ करकुसेका का १९ वर्षीय उपिन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० वैशाख २७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै ४ लाख रुपियाँ जरिबानाको आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७९ वैशाख १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले ०७९ साउन १२ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा भदौ ५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको भदौ ६ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १० गते गरिएको थियो ।