INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४२ वर्षीय दिनेशकुमार राईलाई वैशाख २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० वैशाख २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २६ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २६ गते गरिएको छ ।

अन्य

भिडियो