सडक निर्माणले क्षति पुर्याएका खानेपानी मुहान र पाइप मर्मत नहुँदा दुई महिना देखि खानेपानीको समस्या भएको छ ।
प्यूठान नगरपालिका– ५ मा सडक निर्माण गर्दा खानेपानीको मुहान तथा पाइपमा भएको क्षति मर्मत नहुँदा प्यूठान नपा–२, ३ र ५ का ३ सय ५० घर धुरीमा दुई महिनादेखि खानेपानीको समस्यामा परेका हुन् ।
प्यूठान नगरपालिका–५ को पातलकटेरीमा मोटर बाटो निमार्णको क्रममा प्यूठान नपा– २ , ३ र ५ मा सञ्चालन हुदै आएको बिसमुरे खानेपानीको मुहान तथा पाइपमा क्षति पुगेको थियो ।
उक्त पाइप र मुहान मर्मत नहुँदा आफूहरूलाई खानेपानीको समस्या भएको प्यूठान नपा–२ का ३२ वर्षीय रूद्रबहादुर खडकाले बताउनु भयो ।
दुई महिना बित्न लाग्दासम्म पनी प्यूठान नगरपालिकाले मर्मत कार्यलाई चासो नदिनु र उक्त बस्तीहरूमा अन्य खानेपानीको श्रोत पनि नभएकोले समस्या भएको प्यूठान नपा–३ की ५५ वर्षीया लाली बिकले बताउनु भयो ।
गर्मीको समय पानीको खपत बढी हुने र बस्तीमा आउने एउटा मात्र पानीको स्रोतमा क्षति पुग्दा रातीनै उठेर एक घण्टा टाढाबाट पानी बोक्नु पर्ने बाध्यता भएको प्यूठान नपा — २ का ३६ वर्षीय लाला घर्तीमगरले बताउनु भयो ।
खानेपानीको समस्यालाई समाधान गर्नको लागि जिल्ला खानेपानी डिभिजन कार्यालय प्यूठानलाई पाइप र प्रबिधिक उपलव्ध गराउन अनुरोध गरेको प्यूठान नपा–३ का वडा अध्यक्ष तथा प्रवक्ता सुमनराज श्रेष्ठले बताउनु भयो ।
जिल्ला खानेपानी डिभिजन कार्यालय प्यूठानबाट पाइप उपल्ब्ध हुनासाथ खनेपानी सहज हुने श्रेष्ठले बताउनु भयो ।