१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको छ ।
वैशाख २४ गते राति अलग्गै कोठामा रहेकी छोरीलाई बलात्कार गरेको भन्ने पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।
पत्नी गाउँमा देउता पुज्न गएको मौकामा आरोपितले छोरीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २५ गते दैलेख अस्पतालमा भयो ।
आरोपितलाई थुनामा राखी घटनाको अनुसन्धान थालिएको डीएसपी लम्सालले बताउनु भयो ।