३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बागमती नगरपालिका–४ का ३६ वर्षीय सार्कीराज उपाध्यायविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा वैशाख २० गते पीडित पक्षले उजुरी दिनुभएको छ ।
आरोपितले वैशाख १४ गते बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २१ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको छ ।