INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा प्रहरीले देवदह नपा–६ का २५ वर्षीय सुस्मिता थापा मगरलाई वैशाख १७ गते देवदहबाटै गिरफ्तार गरेको छ ।

पीडितलाई ०७९ माघ १ गते राम्रो काम लगाइदिने भन्दै यौन कार्यमा लगाएको भन्दै भनी पीडितले मानव बेचबिखन तथा ओसारपसार कसुरमा वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो ।

पीडितले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको र घटनामा सङ्लग्न ३२ वर्षीया शान्ति विक विरूद्ध उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १७ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो