शिवसताक्षी नगरपालिका- ६ कि ६३ वर्षीया एकल महिला शान्तिमाया प्रधानको हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई वैशाख १७ गते गिफ्तार गरेको छ ।
गिरफ्तारीमा पर्नेमा सोही ठाउँका ६५ वर्षीय रतिलाल राजवंशी, उनका १८ वर्षीय छोरा रामकृष्ण राजवंशी र २० वर्षीया छोरी फूलमाया राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र रिजालले बताउनु भयो ।
वैशाख १४ गते बेलुका घरनजिक फिलुंगेको नलले छोपिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
छिमेकीले पराल तान्न जाँदा दुर्गन्ध फैलिएपछि वरपर हेर्दा परालको माच छेउमा चप्पल देखेर खोजतलास गर्दा शव भेटिएको डिएसपी रिजालले बताउनु भयो ।
एकल महिलालाई कुटपिट गरी घाँटी थिचेर हत्या गरिएको देखिन्छ,’ डिएसपी रिजालले भन्नु भयो । ‘महिलाको मृत्युपश्चात् रतिलाल र उनका परिवार मिलेर शवलाई लुकाइएको हुनु सक्ने प्रहरीको भनाइ छ । पीडित महिला घरमा एक्लै बस्दै आएकी थिइन् ।
पीडित महिला र रतिलालबिच लेनदेनका विषयमा विवाद भएका कारण हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
शवको पोष्टमार्टम वैशाख १४ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।
पीडित पक्षले वैशाख १५ गते शव बुझी सोही दिन कन्काइ नगरपालिका ३ स्थित कन्काइमाईमा गरिएको मृतकका आफन्तले बताएका छन् ।