INSEC Online

📅 २०८३ जेष्ठ २१

९ महिनादेखि तलब नपाएको गुनासो

रास्कोट नगरपालिकाको स्वास्थ्य सेवाका कर्मचारीले २०७९ साउन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । कर्मचारी समायोजनका बेला रास्कोट नगरपालिका रोजेर आएका अहेब, अनमी र जनस्वास्थ्य निरीक्षक गरी १५ जना कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

९ महिनादेखि बिना तलब काममा खटिएको बारे नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको सिनियर अहेव धीरेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले मन्त्रालयले तलब वापतका रकम पठाउन ढिला गरेकाले समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दरबन्दी भन्दा बढी कर्मचारी आए तर तलब नआउँदा यस्तो समस्या भएको हो ।

नगरपालिकाले फाजिलमा रहेका कर्मचारीलाई विभिन्न सामुदायिक स्वास्थ्य एकाइमा काज खटाए पनि आर्थिक वर्ष ०७९ र ०८० साउन यताको तलब बजेट नभएको भन्दै रोकेको छ । रास्कोट नगरपालिकाका १५ जना कर्मचारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलब भत्ता वापतको रकम पठाउनुपर्ने हो तर, मन्त्रालयले दरबन्दीअनुसार मात्र तलब पठाएका कारण १५ जना स्थायी कर्मचारी तलब पाउनवाट वञ्चित छन् ।

अन्य

भिडियो