INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकाको बलात्कार घटनामा फरार रहेका आरोपित रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादव वैशाख १९ गते गिरफ्तार भएका छन् ।

जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको वैशाख १९ गतेको इजलासले आरोपित यादवलाई पुर्पक्षका लागि राजविराज कारागार पठाएको छ ।

आरोपितले ०७६ वैशाख २१ गते बलात्कार गरेको भन्दै पीडितकी फुपुले जिल्ला प्रहरी कार्यालयमा वैशाख २२ गते उजुरी दिनुभएको थियो । भारत घर भएकी पीडित बालिका फुपुको घरमा बस्दै आएकी थिइन् ।
बलात्कारको घटना थाहा पाएपछि बालिकाकी फुपाजुका बुबाले आरोपितलाई नियन्त्रणमा लिई राती बाँधेर राखेका थिए । वैशाख २२ गते बसेको गाउँलेहरूको भेलाले आरोपितलाई मुक्त गराएपछि उनी फरार भएका थिए ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ वैशाख २२ गते स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले वैशाख २३ गते उजुरी दर्ता गरेको थियो ।

अन्य

भिडियो