INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ बैह्मदेव निवासी सशस्त्र प्रहरी हवल्दार ३९ वर्षीय अमरसिंह बुढालाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिका सुतिरहेको अवस्थामा मदिरा सेवन गरेका आरोपित बुढा वैशाख १७ गते राति बालिका सुतिरहेको कोठा भित्र प्रवेश गरी यौन दुर्व्यवहारको प्रयास गर्दा बालिका कराएपछि घरका अन्य सदस्यले थाहाँ पाएको पीडितका दाजुले बताउनु भयो ।

पीडित पक्षले वैशाख १८ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १८ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत आरोपित बुढा बुवा विरामी भएको भन्दै १५ दिनको घर विदामा आएका थिए ।

अन्य

भिडियो