स्थानीय तहको असार १४ गतेका लागि घोषित निर्वाचनका सन्दर्भमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
अभियानका सहअध्यक्षद्व सुबोधराज प्याकुरेल र ईन्द्रप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा मधेस आन्दोलनका घाइतेको शीघ्र स्वास्थ्यलाभको सम्पूर्ण प्रबन्ध गर्न माग गरिएको छ ।
जेठ ३१ गते जारी विज्ञप्तिमा भनिएको छ-‘प्रमुख जिल्ला अधिकारी, पत्रकार महासङ्घ र पीडित परिवारको एकजना सदस्य सहितको तीन सदस्यीय टोलीले निर्णय गरे अनुसारको उपचार र राहतको प्रबन्ध होस् । उपचारको क्रममा एकजना कुरुवाकोसमेत सामान्य खर्च भुक्तानी होस् ।’