INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा २२ वर्ष कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनकी न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० वैशाख १४ गते बालिकाको बुबालाई १८ वर्ष र हाडनातामा थप ४ वर्ष गरी २२ वर्ष कैद सजाय फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यले जानकारी दिनुभयो ।

साथै ६ लाख जरिवाना र २५ हजार रुपियाँ क्षतिपुर्ति भराउन समेत फैसलामा उल्लेख भएको श्रेष्तेदार आचार्यले बताउनु भयो ।

३१ वर्षीय बुबाले ०७९ वैशाख ६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख १९ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिनुभएको थियो ।

पीडितकी बुबा वैशाख १९ गते घरबाट गिरफ्तार भएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण वैशाख १९ गते भरतपुर अस्पतालमा भयो ।

न्यायाधीश हेमन्त रावलको इजलासको आदेशबाट पीडितकी बुबा जेठ ११ पुर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो