INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

३० वर्षीया शारीरिक असक्त महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ६० वर्षीय ठूलो बुबाविरुद्ध ०८० वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपितले पीडित महिलालाई ०७९ पुस १५ गते आफ्नै घरमा बोलाइ बलात्कार गरेको र महिला गर्भवती भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ८ गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो ।

घटनालगत्तै आरोपित फरार रहेकोले खोजी भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।

अन्य

भिडियो