नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उपमनपा–१५ का ४५ वर्षीय मिताराम चौधरीविरूद्ध वैशाख १० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन ।
पीडितलाई आरोपितले कोठामा थुनेर वैशाख २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरीमा उल्लेख गरेका छन् ।
घटनालगत्तै आरोपित फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।