INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना नगरपालिका–७ सक्रौलका २६ वर्षीय रामकिशोर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा वैशाख १० गते पीडित पक्षले उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले चैत २८ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडित बालिकाका बुबा ४६ वर्षीय रामकेवल यादवले बताउनु भयो ।

घटना पश्चात आरोपित महतो भारत तर्फ गएकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका ईन्स्पेक्टर सविन कार्कीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ११ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

 

अन्य

भिडियो